सम्झनामा बाल्यकाल
सम्झनामा बाल्यकाल हरेक सालको दशैंमा बाजे,बोई,बुवा मम्मी लगायत आफन्त मान्यजनको आर्शिवाद एउटै हुन्थ्यो ठुली मान्छे हुनु । हरेक दशैंमा पाउने आर्शिबादमा भने जस्तो ठुली मान्छे त म हुन सके की सकिन मलाई आजसम्म थाहा छैन तर पढेपछि ठुली मान्छे भईन्छ भनेर शहर छिरेकी मलाई त्यो बाल्यकाल त्यो बेलाको साथिसंगीको यादले भने निकै सताउन थालेको छ । सम्झनामा वाल्यकाल, मेरो वाल्यकाल कै भाषामा । ज्यान पो यहाँ छ र मन त उतै छ नी ....... पखेराको खेत .......... हाम्रो घर देखि उत्तरमा भमके खोलाको तिरै तिर करिव १ घण्टा माथि हिडेपछि महाभारत पर्वतको काखमा हाम्रो १० गठ्ठा (पहाडमा जग्गाको मापन धुरी,कठ्ठा र विगाहामा हुन्छ तर हाम्रोमा कठ्ठालाई गठ्ठा भन्ने चलन छ ) खेत थियो । पखेरामा भएको भएर हामीले त्यो खेतको नाम पखेराको खेत राखेका थियौं । त्यहाँ बाट उभिएर हेर्दा स्वच्छ भमके खोला सलल बगेको पारी पट्टि भट्टेको पाखो वाटोमा हिडेका बटुवा देखिन्थे । एक किसिमको आनन्द आउथ्यो । बुवामम्मी, वाजे वोई सँग छुट्टिदा हाम्रो भागमा भात खानको लागी खेत परेको थिएन रे । त्यही भएर बुवामम्मीले दुःख गरेर एक गठ्ठालाई १० हजारका दरले ४० हजारमा ...