निजामती सेवाका पाँच वर्ष
हिजो जस्तै लाग्छ लोकसेवा आयोगको तयारीको लागि आवश्यक पर्ने सामग्रिहरु संकलन गर्न पुतलिसडकका विभिन्न स्टेसनरीमा धाएको।समय कति चाँडै बित्दो रैछ थाहा नै नहुने।आज निजामति सेवामा प्रवेश गरेको पनि थाहै नपाई ५ वर्ष वितेर ६ वर्षमा प्रवेश गरेको छ ।यो यात्रामा थुप्रै तिता–मिठा अनुभवहरु संगालिएका छन् । सम्झनामा रहेका केहि क्षणहरु लेख्ने प्रयासमा छु । सेवा प्रवेश नेपाल र नेपालीको लागि यसै पनि २०७२ साल विशेष सम्झनामा छ ।२०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछि गएका पराकम्प तथा त्यसवाट भएको मानवीय तथा भौतिक क्षतिले गर्दा अझै पनि हामीलाई झस्काइरहन्छ। त्यसैगरी २०७२ साल मै हामीले संविधान सभावाट बनेको ऐतिहासिक संविधान समेत प्राप्त गरेको बर्ष ।यो बर्ष मेरो लागि पनि खास वर्ष बन्यो।२०७२।०८।२९ को मध्यमाञ्चल विकासक्षेत्र काठमाण्डौवाट कोष तथा लेखा नियन्त्रक कार्यालय, बारामा सिफारीस भएसङ्गै मेरो निजामति सेवाको यात्रा सुरु भयो ।सुरुमा त म जस्तो जान्ने कोही छैन र संसार नै जितेको जस्तो आभाष हुदो रैछ।त्यो मलाई मात्र होइन रैछ सबैलाइ लाग्दो होला । संविधान जारी भएसंगै देशका विभिन्न ठाउँमा विशेष गरी ...