निजामती सेवाका पाँच वर्ष
हिजो जस्तै लाग्छ लोकसेवा आयोगको तयारीको लागि आवश्यक पर्ने सामग्रिहरु संकलन
गर्न पुतलिसडकका विभिन्न स्टेसनरीमा धाएको।समय कति चाँडै बित्दो रैछ थाहा नै
नहुने।आज निजामति सेवामा प्रवेश गरेको पनि थाहै नपाई ५ वर्ष वितेर ६ वर्षमा प्रवेश
गरेको छ ।यो यात्रामा थुप्रै तिता–मिठा अनुभवहरु संगालिएका छन् । सम्झनामा रहेका
केहि क्षणहरु लेख्ने प्रयासमा छु ।
सेवा प्रवेश
नेपाल र नेपालीको लागि यसै पनि २०७२ साल विशेष सम्झनामा छ ।२०७२ साल वैशाख १२
गतेको भूकम्प र त्यसपछि गएका पराकम्प तथा त्यसवाट भएको मानवीय तथा भौतिक क्षतिले
गर्दा अझै पनि हामीलाई झस्काइरहन्छ। त्यसैगरी २०७२ साल मै हामीले संविधान सभावाट
बनेको ऐतिहासिक संविधान समेत प्राप्त गरेको बर्ष ।यो बर्ष मेरो लागि पनि खास वर्ष
बन्यो।२०७२।०८।२९ को मध्यमाञ्चल विकासक्षेत्र काठमाण्डौवाट कोष तथा लेखा नियन्त्रक
कार्यालय, बारामा सिफारीस भएसङ्गै मेरो निजामति सेवाको यात्रा सुरु भयो ।सुरुमा त
म जस्तो जान्ने कोही छैन र संसार नै जितेको जस्तो आभाष हुदो रैछ।त्यो मलाई मात्र
होइन रैछ सबैलाइ लाग्दो होला ।
संविधान जारी भएसंगै देशका विभिन्न ठाउँमा विशेष गरी प्रदेश नं २ मा संविधानप्रतिको
विरोध भईरहेको र आन्दोलन समेत चर्कीरहेको थियो।विभिन्न सरकारी कार्यालयमा तोडफोड
भएको थियो। यही आन्दोलनमा मेरो कार्यालयमा समेत क्षति भएको रहेछ।कार्यालयको पहिलो
दिन मै क्षति भएको कार्यालय देख्दा दुःख लागेको थियो।जिल्लाका सबै कार्यालयका लेखापालहरु
कार्यालयको कामको शिलशिलामा जम्मा हुने ठाउँ कोलेनिकामा विभिन्न जिल्लाबाट जागिरको
शीलशीलामा आउनुभएका लेखापाल सरहरु सँग मेरो चिनजान हुने मौका मिल्यो ।
काठमाण्डौं उपत्यका बाहिरका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको बिचमा एक
किसिमको अपनत्व कायम भएको हुन्छ।कुनै कर्मचारीको दुःखमा सबैले सहयोग गर्ने र
सुःखमा सवै सहभागी हुने।हाम्रो कार्यालयको शनिवार तथा सार्वजनिक विदाको दिन पारेर
वनभोज कार्यक्रमको आयोजना हुन्थ्यो ।हामी सवै त्यस्ता कार्यक्रममा सहभागी हुन्थ्यौ
।
सम्झनामा कलैया बजार
लेखापालको जागिरभए पश्चात मेरो बसाई वाराको कलैया शहरमा हुने भयो।भोजपुरी तथा
मैथली भाषाको बाहुल्यता रहेको बाराको कलैया बजार आँफैमा रमाइलो शहर छ।जागिरका
शुरु-शुरुका दिनमा केही एक्लो महसुस भए पनि त्यस् पछिका दिनमा कलैया बजार मैले
रमाइलो संग विताएँ । अत्याधिक गर्मी हुँदा अत्याधिक जाडो हुँदा भारी बर्षा हुँदा
मैले सामाजिक सञ्जालमा स्ट्याटस् लेखि राख्थें ।पहिले मैले सामजिक सञ्जाल अली बढी
नै चलाउने गरेता पनि अहिले विस्तारै कम गर्न थालेकी छु।आजभोली खासै चासो राख्दिन।
बारा जिल्लाको गढिमाई मन्दिर धेरै पटक गएँ ।ऐतिहासिक दरवार सिम्रौनगढ हामी एक
पटक चार जनाको टोली भएर गएका थियौँ र सार्है रमाईलो पनि भएको थियो ।बारा बसाईको
क्रममा भोजपुरी भाषा समेत थोरै जान्ने वुझ्ने मौका मिलेको थियो ।मधेशी समुदायमा
रहेको सानै उमेरमा विवाह गर्ने र दाईजो प्रथा मलाइ साह्रै मन नपरेका विषय थिए।अझै
पनि त्यो प्रथा कायमै छ ।यस्ता कु - प्रथा समाज वाट हटाउनु पर्ने अवश्यकता छ नै
हटाउने पनि ठूलो चुनौति विद्ममान् छ ।
कार्यालय शुरु हुनु भन्दा पहिले र कार्यालय समय पश्चात् मैले निकै मेहेनतका
साथ नेपाल सरकारको अधिकृतको लागि तयारी गरेकी थिएँ ।तयारीको क्रममा अग्रज सरहरुले
सहयोग पनि गर्नुभयो । हामी तयारी गरीरहेका ४ जना सर मेडम मिलेर नमूना परीक्षा समेत
लिन्थ्यौँ । २०७३ साल को चैत्रमा शाखा अधिकृतको परीक्षा भएपश्चात मैले वारा
जिल्लाका विभिन्न कार्यालयको श्रेष्ता राख्ने मौका समेत पाएँ । २०७४ सालको स्थानीय
तह तथा प्रदेश सभाको चुनावले गर्दा शाखा अधिकृतको नतिजा आउन ढिला भयो र चुनावमा खटिएकै
समयमा महालेखा परीक्षकको कार्यालयमा लेखापरीक्षण अधिकारीको रुपमा मेरो सिफारीस भयो
। यो संगै मेरो कलैया शहरको वसाईले विट मार्यो ।
स्टाफ कलेज
निजामती सेवामा प्रवेश गर्न चाहाने र सेवामा प्रवेश गरेका युवाहरुको एउटा ठूलो
सपना हुन्छ स्टाफ कलेजको तालिम लिने।विभिन्न सेवा समूहमा सिफारीस भई देशका विभिन्न
क्षेत्रवाट तालिम लिनको लागि जमघट हुने ठाउँ हो स्टाफ कलेज।BAT 32 का न्याय सेवा वाहेक सवै व्याची साथीहरुसँग
स्टाफ कलेज मै चिनजान हुने मौका मिल्यो।सम्पूर्ण प्रशिक्षार्थीलाइ विभिन्न समूहमा
विभाजन गरी तालिम सञ्चालन हुने भएकोले आफ्नो समूहमा पर्ने सवै साथीहरु सँग एकदमै
निकटतम् सम्वन्ध स्थापना हुने।
स्टाफ कलेजमा तालिम अवधिको एउटा कार्यक्रम Know
Your Country (KYC) जहाँ एक हप्ताको अवधिमा देशका
विभिन्न जिल्लाको सार्वजनिक सेवा प्रवाह,जीवनशैली,भाषा तथा संस्कृतिको बारेमा वुझ्न पाइने थियो।यसको लागि हाम्रो समूह उदयपूर,सिराहा लगायतका जिल्ला गएका थियौँ । तालिमको अवधिमा एक महिना आवासीय हुन्थ्यो र त्यो
एक महिनाको अवधिमा योगा,पीटि लगायतका कार्यमा सहभागी हुनुपर्थ्यो । जीवनको रमाईला क्षण मध्ये सवैभन्दा
सम्झन लायक समय यो करिव छ महिनाको समय पनि हो मेरो लागि ।
तालिम समापन पश्चात् सबै साथीहरु आ-आफ्नो कर्म थलोमा
लाग्यौं । विभिन्न पृष्ठभूमिबाट आएका साथीहरु सँगको चिनजान् स्टाफ कलेजको सवैभन्दा
राम्रो पक्ष हो ।देशका ७७ जिल्लाका विभिन्न सरकारी
कार्यालयमा छरिएर सार्वजनिक सेवा प्रवाह प्रदान गरिरहनु भएका BAT 32 विशेष गरी रारा
समूहका सबै साथीहरुलाई सम्झन चाहान्छु ।
गायक प्रकाश सपूतले फुटेका चुराको
गितमा आफ्नी छोरीलाई कथा सुनाउदा भनेको जस्तो जीन्दगी लामो छ।यही लामो समय निजामती
सेवामा अझै विताउन बाँकी नै छ ।भोलीका दिनमा आज भन्दा राम्रो हुनेछ भन्ने कुरामा
म आशावादी छु ।
Comments
Post a Comment