Posts

Showing posts from April, 2022

मेरो एउटा साथि छ ।

  ×पूर्णिमा शर्मा ? ʺ आत्तिदै प्रश्‍न गरें । हजुर म्याम भन्ने जवाफ आएपछि वोल्ने मान्छेको अनुहारमा हेरें।एउटा निर्दोष अनुहार, अन्दाजी तिस बर्षिय एक गर्भवती महिला मेरो क्याविन्को सोफामा बसेकी थिईन्। “ ल अहिले तपाई जानुस् , म तपाईको अहिलेको विशेष अवस्था हेरी सजिलो शाखाको व्यवस्था गर्छु।ति महिलालाई केही ढाडस दिएर म कार्यालयबाट एक भारी मन सहित घरमा आए ।   मामुको बाटो हेरेर बसेको भर्खरै मन्टेश्वरी जान थालेको मेरो छोरो जासनलाई एक अंगालो हालेर जोड सँग उसलाई भनें “ छोरा आज अफिसमा तिम्रो पूर्णिमा सानिमामाको जस्तै नाम गरेको एउटा अन्टि भेंटें नि मैले ” । “ ह्वाट? सेम नेम मामु ? ” भर्खरै सिक्दै गरेको अंग्रेजी शव्द सहित छोरोले प्रश्न गर्यो। “ तिम्रो नाम तिम्रै पूर्णिमा सानीमाले राख्दिनु भएको है छोरा ? ” भन्ने प्रश्न सँगै जाउ हजुरआमालाई आज मामुले पूर्णिमा सानिमाको सेम नेमको मान्छे भेट्नु भयो रे भन भनेर म किचेन छिरें ।   मैले मेरो श्रीमानलाई पनि दिउसोको सेम नेम वाला कहानी सुनाउन बेर गरीँन।मेरो विगत 10 बर्ष देखिको डायरी लेख्ने बानि । डायरी फाईलिङ्ग गरीदिने र डायरीको कभरमा मि...