मेरो एउटा साथि छ ।
×पूर्णिमा
शर्मा ?ʺ आत्तिदै
प्रश्न गरें ।
हजुर
म्याम भन्ने जवाफ आएपछि वोल्ने मान्छेको अनुहारमा हेरें।एउटा निर्दोष
अनुहार, अन्दाजी तिस बर्षिय एक गर्भवती महिला मेरो क्याविन्को सोफामा बसेकी थिईन्।
“ल अहिले तपाई जानुस्, म तपाईको अहिलेको विशेष अवस्था हेरी सजिलो शाखाको व्यवस्था गर्छु।ति महिलालाई
केही ढाडस दिएर म कार्यालयबाट एक भारी मन सहित घरमा आए ।
मामुको बाटो हेरेर बसेको भर्खरै मन्टेश्वरी जान थालेको मेरो छोरो जासनलाई एक
अंगालो हालेर जोड सँग उसलाई भनें “छोरा आज अफिसमा तिम्रो पूर्णिमा सानिमामाको जस्तै नाम गरेको एउटा अन्टि भेंटें
नि मैले”। “ह्वाट? सेम नेम मामु ?” भर्खरै सिक्दै गरेको अंग्रेजी शव्द सहित छोरोले प्रश्न गर्यो। “तिम्रो नाम तिम्रै पूर्णिमा सानीमाले राख्दिनु
भएको है छोरा ?” भन्ने प्रश्न सँगै जाउ हजुरआमालाई आज मामुले पूर्णिमा सानिमाको सेम नेमको
मान्छे भेट्नु भयो रे भन भनेर म किचेन छिरें ।
मैले मेरो श्रीमानलाई पनि दिउसोको सेम नेम वाला कहानी सुनाउन बेर गरीँन।मेरो
विगत 10 बर्ष देखिको डायरी लेख्ने बानि । डायरी फाईलिङ्ग गरीदिने र डायरीको कभरमा
मिति र डायरी नम्वर लेख्ने काम मेरो श्रीमानको थियो।आज ति डायरीमा पूर्णिमा कै
बारेमा लेखेका सबै यादहरु पढें ।एउटा नमिठो याद आज फेरी बल्झियो।
भोली पल्टको
कार्यालय समयको पहिलो प्रहर
“थाहा छ पूर्णिमा जि ? मेरो मिल्ने साथिको नाम पनि पूर्णिमा थियो नि।तर अहिले कोहि साथि छैन मलाई
साथि नै बनाउन मन लाग्दैन पूर्णिमा जि” । ति महिला मलाई एकोहोरो मात्र हेरीन् केही बोल्न
सकिनन् ।उनले सुन्ने ईच्छा देखाईन् कि नाई
थाहा भएन तर मलाई सुनाउन मन लाग्यो।म सिधै 8 वर्ष पहिले पुगें ।
पहिलो भेट
2070 साल असार 15, कार्यालयको वार्षिक
उत्सब,
“म्याम नमस्कार” मैले नमस्कार फर्काउदै हिजो फेसबुकमा कुरा भएको थियो है हाम्रो भनि प्रश्न गरी
हालें ।हामिले वार्षिक उत्सबको अघिल्लो दिन पहिलो पटक फेसबुकमा कुरा गरेका
थियौं।त्यस पछि हाम्रो कुरा अल्लि धेरै हुदै गयो।न हामि समान पदका थियौँ,न हामी
एउटै भेगका न एउटै कलेजका विद्यार्थी नै सम्झिदा पनि अजिब लाग्ने हामि यसरी नजिक
भयौं कि मानौं हामी मात्र होइन हाम्रो नाता हाम्रा हजुरबुवा देखिको छ ।
ह्वयन् टु मेडम कन्भर्टेड
ईन्टु टु सिस्टर्स
हाम्रो हरेक भेटमा हामी मज्जाले सेल्फि लिन्थ्यौं ।दिनहु भेट हुँदा पनि हामीले
लिएका सेल्फि मिति अनुसार अझै पनि मेरो हार्ड डिस्कमा सुरक्षित छन्।उमेरले दुई
वर्षको फरक रहेका हामि बानिमा भने कत्ति पनि फरक थिएनौं ।मेडम-मेडम भन्ने सम्बोधनबाट
हामी एकाएक दिदि बहिनिमा परिणत हुन भेटेको एक हप्ता पनि लागेन। हजूर, तपाई हुँदै
कति बेला तिमि र कति वेला तँ सम्ममा हाम्रो सम्बोधन हुन थाल्यो।उनले मोःमो को
डल्लो मुखमा राख्दै मेरो नम्बर आफ्नो
मोबाईलमा सेभ गरिन् प्यारी दिदु।म पनि के कम् र ? उनले भन्दा पहिले नै सेभ
गरि सकेकि थिएँ।प्यारी बहिनि ।एक जोडदार सेल्फि खिचेर मैले उनलाई ट्याग
गरेर फेसबुकमा स्ट्याटस् लेखें।ह्वयन् टु मेडम कन्भर्टेड ईन्टु टु सिस्टर्स ।
एक कफी दुई गफी
मलाई यस्तो लाग्छ त्यो बेला हामि
नगएको काठमाण्डौं उपत्यकाको राम्रो क्याफे कुनै बाँकि थिएन।हामिले नचाखेको खाजाको
परिकार नै थिएन।दार्जिलिङ्गको मःमः,वसन्तपूरको पानिपूरी,बौद्धको लाफिङ्ग,बाग
बजारको केक हामिले कहिल्यै नभुल्ने खाने कुरा।पशुपति मन्दिर,पाटन मन्दिर,भक्तपूर
दरबार स्क्वायर,यु.एन्.पार्क,बौद्ध स्तुपा,कृष्ण मन्दिर लगायतका अधिकांश ठाउँहरु
हामि दुई बहिनि मिलेर घुमेका छौं।एक राम्रो क्याफेको एक कप कफि अगाडि राखि एक
सेल्फि खिचेर पूर्णिमाले पोष्ट गरिन - एक कफी दुई गफी -पूर्णिमा शर्मा -
फिलिङ्ग ह्यप्पि विथ सिता ज्ञावली - एट बागबजार काठमाण्डौं।अहिले ति यादहरु
सम्झिदा अझै पनि हिजो जस्तै लाग्छ तर समयले कसैलाई पर्खिदैन रहेछ।त्यो कफिले
सम्झन्छ कि नाई होला ति गफीलाई जो वर्षौं देखि हराएका छन् ।
उई लभ यु पूर्णिमा योर्स दादु एण्ड दिदु
म सँग पूर्णिमाको बहिनि नाता जोडिए पछि मेरो श्रीमानको पनि पूर्णिमा मन पर्ने
साली ।हामि तिनै जना एक अर्कालाई सर्पराईज गिफ्ट दिन कहिले पछि परेनौं।उनले भिनाजुलाई
त मलाई दाई जस्तो लाग्छ म भिनाजु हैन दादु भन्छु भन्दा मलाई के भाउजु भन्न्ने अब ?
भन्दै म खुब झर्किन्थें ।उनले यो भनेर मलाई जिस्काउन कहिल्यै छोडिनन् ।207३ साल
श्रावण 27 हाम्रो एनिभर्सरीको दिन पूर्णिमाले मज्जाले सर्पराईज दिने सोचमा थिईन्
होला। तर म र मेरो श्रीमानले उनलाई नै सर्पराईज दियौं ।एक केक अर्डर गर्यौ र म्यासेज लेख्न लगायौं - उई लभ यु पूर्णिमा योर्स दादु एण्ड दिदु ।
र त्यस पछि कहिले
भेट भएन....
म कार्यालयको काममा बाहिर जिल्ला गईराख्नुपर्ने, कहिले पूर्ब कहिले पश्चिम।म
काममा जाँदा छिटो आउँ है दिदे भनेर एक अंगालो मारेर रुदै बिदाई गर्ने मेरी
पूर्णिमाको यो पटक विहे हुने वाला थियो।त्यस दिन म उनलाई कार्यालयको तल छोडेर एक
अंगालो मारेर रू पाँच सय दिएर छिट्टै आउछु है भनि विदा भएर बुद्ध एयरको जहाजमा
नेपालगञ्ज विमानस्थल उत्रिए।उनको विहे पछि मैले उनलाई दिन मै हजार कल र म्यासेज
गर्थें ।तर न कल रिसिभ भयो न कल व्याक न म्यासेजको रिप्लाई
नै।फेसबुक,ह्वाट्सेप,भाईवर,ट्ईटर लगायत हामिले प्रयोग गर्ने सामाजिक सञ्जालमा
उनलाई खोजें।मैले मेरो साथि भेटिन।म एक महिना जति रात भर निदाईन।उसको याद नआउने
कुनै चिज थिएन।मोवाईल छोयो कि उनको नम्वर डायल हुने,फेसबुक खोल्यो कि उनकै
प्रोफाईल चेक गर्न मन लाग्ने ।मैले एउटा कठोर निर्णय गरें।मेरो फेसबुक सदाका लागि
डिलिट गरें र एउटा फेक फेसबुक एकाउन्ट खोलें ।त्यस पछि मैले मेरी पूर्णिमालाई
सम्पर्क गर्न छोडें ।कहाँ मान्दो रहेछ र मनले ? मिल्ने साथि सम्पर्क विहिन हुँदा
मलाई डिप्रेसन भयो र यसबाट ओभरकम हुन मैले एउटा नयाँ काम गरेर व्यस्त हनु पर्ने
बाध्यता भयो ।
विछोडलाई सफलतामा
परीणत...
यस्तो जटिल समयमा श्रीमानको राम्रो सहयोग साथ पाए त्यसको लागि उहाँलाई हृदय
देखि नै आभार व्यक्त गर्न चाहान्छु। मेडिसिटी हस्पिटलका डा. प्रकाश अधिकारी प्रति
हार्दिक धन्यबाद।उहाँको परामर्शले नै म डिप्रेशन बाट मुक्त हुन सफल भए। साथिको
सम्बन्ध पनि अनौठो हुँदो रहेछ,आफूले आफ्नो सम्झेर मात्र पनि नहुदो रहेछ ।समयले
सबथोक परिवर्तन गर्दै लैजाने रहेछ ।उनको लागि म खास नभएता पनि मेरो लागि सधैं
विशेष सम्झनाको मुख्य पात्र रहनेछिन मेरी पूर्णिमा ।
मेरो मनमा उनलाई भेट्ने आशाहरु मरेका थिएनन्।2077/08/14 मा लोक सेवा आयोगको माथिल्लो
पदमा सिफारिस सँगै मेरो त्यहि कार्यालयमा पोष्टिङ्ग भयो जहाँ,अन्तिम पटक मैले मेरी
पूर्णिमालाई भेटेकी थिए ।
र त्यसपछि...... पूर्णिमाले आँशुका धारा बगाउदै मलाई आएर जोडले अंगालो हालेर
भनिन् ×आईएम् सरि दिदु ʺ । र आज मेरो छोरो जासनले आफ्नो
नाम राखिदिने सानिमा पाएको छ । मैले आफ्नि पूर्णिमा । सबैभन्दा खुशिको कुरा त म
ठूलिमामु बन्दैछु ।
Comments
Post a Comment