सार्वजनिक संस्थानको वर्तमान अवस्था, समस्या र सुधार
विषय प्रवेश पूर्ण वा अर्धसरकारी निकायका रूपमा मुनाफा तथा सेवा दुवै भावनाबाट प्रेरित भई देशमा स्थापना गरिएका कुनै पनि संस्थान , कम्पनि वा फर्महरूलाई सार्वजनिक संस्थान भनिन्छ । सार्वजनिक संस्थान हुनका लागी ५१ प्रतिशत वा त्यस भन्दा बढी सरकारको स्वामित्व हुनु जरुरी हुन्छ ।नागरिकलाई वस्तु तथा सेवाको सहज , सरल र सुपथ तवरले वितरण गर्नका लागि सरकारद्वारा स्थापित स्वामित्व र नियन्त्रणमा भएको संस्था नै सार्वजनिक संस्थान हुन् ।यस्ता संस्थानहरूले नागरिकलाई आधारभूत वस्तु तथा सेवा सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउँदै नागरिकसामु सरकारको उद्यमशील उपस्थिति बोध गराउने गर्दछन् । जनतालाई संस्थानहरूले सार्वजनिक आधारभूत सेवा तथा वस्तु उपलब्ध गराउने , देशमा छरिएर रहेको पुँजीको उपयोग गर्ने , औद्योगिक विकास गर्ने , द्रुततर आर्थिक विकासमा सहयोग पुर्याउने , प्राकृतिक साधनको उपयोग गर्ने , कृत्रिम अभावको न्यूनिकरण गर्ने , वित्तीय सेवाको पहुँच विस्तार गर्ने , आर्थिक योजनाको कार्यान्वयन गराउने , राष्ट्रिय सुरक्षालाई बलियो बनाउने , आयको असमान वितरण कम गर्ने , विकासका पूर्वाधारहरूको विकास गर्ने , राष्ट्र...